रुकुम पश्चिममा मात्रै ३६ जनाभन्दा धेरैको मृत्यु भएको छ : प्रहरी
0
8k
Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते ५:५१
१८ कात्तिक, काठमाडौं ।
जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको ६.४ म्याग्नेच्युडकाे भुकम्पमा परी अहिलेसम्म ७८ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
मध्य पहाडी लाेकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।
चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्माका अनुसार गम्भीर घाइतेहरुलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत,नेपालगन्ज लगायतका स्थानमा रिफर गरिएको छ ।



































