५ वैशाख, सुर्खेत-
गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम आगामी वैशाख ११ गतेदेखि सञ्चालन हुने भएको छ। नगरकार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार नगरका विभिन्न वडामा तय गरिएको मिति, समय र स्थानमा उक्त कार्यक्रम आयोजना गरिनेछ।

सूचना अनुसार वैशाख ११ गते वडा नं. १३ र १४ बाट सार्वजनिक सुनुवाइ सुरु हुनेछ। ११ गते वडा नं. १३ को को कार्यक्रम बिहान १० बजे र वडा नं. १४ को वडा कार्यालयमा दिउँसो १ बजे सार्वजनिक सुनुवाइ हुने भएको छ । त्यस्तै, वैशाख १४ गते वडा नम्बर १२ मा विहान १० बजे र वडा नम्बर ८ मा दिउँसो १ बजे सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुनेछ।

वैशाख १५ गते विहान १० बजे वडा नम्बर १० को वडा कार्यालयमा तथा सोहि दिन दिउँसो १ बजे ११ नम्बर वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुनेछ। वैशाख १६ गते वडा नम्बर ४ मा विहान १० बजे र सोहि दिन वडा नम्बर ९ मा दिउँसो १ बजे सार्वजनिक सुनुवाई हुनेछ। वैशाख १७ गते वडा नम्बर ६ मा विहान १० बजे र सोहि दिन दिउँसो १ बजे वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई हुनेछ।

यस्तै वैशाख २१ गते विहान १० बजे वडा नम्बर १ मा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुनेछ भने सोहि दिन दिउँसो १ बजे वडा नम्बर २ को सार्वजनिक सुनुवाई हुनेछ। वैशाख २२ गते विहान ११ बजे वडा नम्बर ५ को सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुनेछ भने २३ गते विहान ११ बजे वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुनेछ। सबै कार्यक्रम सम्बन्धित वडा कार्यालयमै आयोजना गरिनेछ। नगरपालिकाले सरोकारवाला नागरिक, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय तहसँग सम्बन्धित निकायलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ।

सार्वजनिक सुनुवाइको महत्त्व र आवश्यकता
सार्वजनिक सुनुवाइ स्थानीय तहको पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउने महत्वपूर्ण माध्यम हो। यसमार्फत नागरिकले आफ्ना गुनासा, सुझाव तथा समस्या प्रत्यक्ष रूपमा राख्न पाउँछन् भने जनप्रतिनिधि र कर्मचारीले गरेका कामको समीक्षा तथा स्पष्टीकरण दिन्छन्। यसले सेवा प्रवाहमा सुधार ल्याउन, भ्रष्टाचार न्यूनीकरण गर्न, जनविश्वास बढाउन,र सहभागी लोकतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई स्थानीय शासन प्रणालीको अपरिहार्य अंगका रूपमा लिइन्छ।




































